अस्पताल भर्ना हुनु पहिले प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
नेपालखोज
२०७६ फागुन १८ गते १६:४९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमवार बस्ने नियमित बैठक एक दिन अघि सारेर उनले आजै ( अहिले केही बेरमै बस्ने गरि ) बैठक बोलाइएका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्री केही दिन अस्पतालमा रहने भएकाले केहि महत्वपूर्ण निर्णयहरु गर्न आजै बैठक बोलाइएको हो । राष्ट्रियसभा सदस्य मनोनयनको सिफारिस आजकै बैठकले गर्छ वा गर्ने छैन यस बारे भने खास खुलासा गरिएको छैन ।
प्रधानमन्त्री ओली मिर्गौला पुनः प्रत्यारोपणकालागि भोलि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदै छन् ।
सम्बन्धित
प्रतिक्रिया