काठमाडौंका खोप केन्द्र अस्तव्यस्त, ज्येष्ठ नागरिक भन्छन्- सरकारले खेलबाड गर्यो (भिडियोसहित)

काठमाडाैं । कोभिड-१९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोस्रो डोज लगाउन सूचना जारी गरेअनु रुप खोपका लागि खोप केन्द्रमा लाइन बस्न पुगेका वृद्धवृद्धाहरु कयौंले खोप लगाउन नपाइ फर्कनु पर्यो ।
उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाडौं महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो ।
खोप लगाउन बिहानै देखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापन देखि आक्रोशित बने । उनीहरुले सरकारले सही सूचना नदिएका कारण आफूहरुले दुख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सूचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए ।
मिनभवनका उपेन्द्र पौडेल बिहान ६ बजे देखि लाइन बसेर २ बजे सम्मपनि खोप लगाउन पाएनन् । खोप लगाउने विषयमा सरकारले खेलबाड गरेको र जनताको अभिभावको भूमिका निर्वाह गर्न नसकेको भन्दै उनेले आक्रोश पोखे ।
बानेश्वरका तेज बहादुर दाहालपनि बिहान ६ बजे निजामति अस्पताल खोप केन्द्रमा लाइन बस्नुभयो तर दिउँसो २ बजे सम्म पनि खोप लगाउन नपाएपछि व्यवस्थापन प्रति आक्रोश पोखे ।
उनले प्रशासनलाई विश्वकै नायालक भनी टिप्पणी गरे । अर्का एकजनाले ग्राण्डीबाट र धुलिखेलबाट कालोबजारी गरेर प्रति खोप १० हजारमा खोप बेच्ने गरेको सूचना आफू पाएको भन्दै त्यसबारे खोज गर्न संञ्चार क्षेत्रलाई आग्रह गरे ।
उनले नागरिकलाई तड्पाई तड्पाई मार्न खोजेको आरोप लगाए । पुण्य प्रसाद भट्टराईले आफु बिहान ६ बजेदेखि लाइन बसेपनि १० बजेपछि मात्रै कुपन बाँडिएको र कुपन लिएर दुई घण्टा लाईन बसेपछि खोप लगाउन पाएको बताए ।
सरकारले स्थानीय सरकार मार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना निकालेको थियो । काठमाण्डौ महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ ।
महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।

प्रतिक्रिया