शुक्रबार, माघ २५, २०८१

प्रचण्डको भाषण चित्त नबुझ्दा जुत्ता हाने : तिरुवा

नेपालखोज २०७६ फागुन १८ गते १७:१६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले प्रचण्डको भाषण चित्त नबुझेपछि आवेशमा आएर जुत्ता हानेको बयान दिएका छन् ।

Advertisement

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बताए । उनले भने म ‘भाषण सुनिरहेको थिएँ । भाषणमा उनले वर्गसंघर्षको कुरा जसरी गरे त्यो मलाई चित्त बुझेन ।’ उनले अगाडि थपे ‘मलाई उनको भाषण सारै चित्त नबुझेपछि एकाएक आवेशमा आएर जुत्ता प्राहर गरेछु ।’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले दिएको बयानमा भनेका छन् ।

राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए । तर सो जुत्ता प्रचण्डसम्म भने पुगेन ।

प्रतिक्रिया