बुधबार, वैशाख १२, २०८१

आगामी वैशाखमा कीर्तिपुर महोत्सव हुने

नेपालखोज २०७६ फागुन १८ गते १८:२८

काठमाडौँ । कीर्तिपुर नगरपालिकाले स्थानीय उत्पादन, सामाजिक/सांस्कृतिक पृष्ठभूमि, स्थानीय प्राकृतिक सम्पदा तथा चिनारीलाई थप उजागर गर्दै पर्यटकलाई आकर्षण गर्न आगामी वैशाखमा महोत्सव गर्ने भएको छ । विसं २०७७ वैशाख १६ देखि २० गतेसम्म महोत्सव घोषणा गरिएको नगर प्रमुख रमेश महर्जनले बताए ।

उनका अनुसार उक्त महोत्सवबाट नगरको जनजीवन, सांस्कृतिक रहनसहन, मूर्तअमूर्त कलाकृति र सम्पदालाई विश्वमाझ उजागर गरसी आर्थिकसामाजिक क्षेत्रको विकास गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाको समन्वयमा आयोजना हुने उक्त महोत्सवमा नेपाल पर्यटन बोर्ड तथा भ्रमण वर्ष सचिवालयसँग समेत सहकार्य गरिनेछ ।

प्रतिक्रिया