मंगलबार, वैशाख ११, २०८१

राजनीतिक नेतृत्वलाई राजदूत बनाउन चीनबाट राजदूत फिर्ता बोलाएको हो: परराष्ट्रमन्त्री ज्ञवाली

नेपालखोज २०७६ फागुन १९ गते १६:४३

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई नेपाल फिर्ता बोलाइएको बताएको छ । पौडेलको बदलामा राजनीतिक नेतृत्वलाई चीनका लागि नयाँ नेपाली राजदूतलाई पठाउने तयारी गरेको छ ।

सोमवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राम्रो राजनीतिक नेतृत्वलाई राजदूतको रुपमा पठाउने तयारी रहेको बताएका हुन् ।

‘हामीले छिमेकी राष्ट्रका राजदूतमा उच्च राजनीतिक नेतृत्वको तर्फबाट राजदूत पठाँउदा राम्रो हुन्छ भन्ने निष्कर्षमा पुगेका छौं,’ मन्त्री ज्ञवालीले भने, ‘लीलामणि पौडेल राम्रो मान्छे हो । उहाँ कुशल प्रशासक हो ।’

आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको थियो । राम्रो काम गर्दागर्दै पौलेललाई फिर्ता बोलाइएको भन्दै सरकारको आलोचना भएको छ । पौड्याललाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति नेकपाका नेताहरु समेत असन्तुष्ट रहेको बताइएको छ ।

प्रतिक्रिया