१३ अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार अर्थात असोज २५ गते पुनः १३ अर्ब २५ करोड रुपैयाँको बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति असोज ३१ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।
बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैयाँको रहेको छ ।
सोमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस २७ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ चैत २९ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७९ साल असोज २५ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि यही असोज १८ गते पनि राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


प्रतिक्रिया