शनिबार, फागुन ३, २०८१

अन्तर्राष्ट्रिय उडान रोक्न सर्वाेच्चको आदेश पछि विदेश भ्रमण नगर्न सरकारको यात्रा चेतावनी जारी

नेपालखोज २०७६ फागुन १९ गते १७:४४

काठमाण्डौ । सर्वाेच्च अदालतले तत्कालका लागि अन्तर्राष्ट्रिय उडान रोक्न अन्तरिम आदेश दिएपछि सरकारले नेपालीहरुलाई विदेश भ्रमण नगर्न आग्रह गर्दै ट्राभल एड्भाइजरी (यात्रा चेतावनी) जारी गरेको छ । विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले यस्तो चेतावनी जारी गरेको हो ।

Advertisement

पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार कोरोना भाइरसको गम्भीर संक्रमण देखिएका देशहरुमा भने अत्यावश्यक काममा बाहेक नजान नै सरकारले  आग्रह गरेको छ ।

सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले कोरोना भाइरसको संक्रमणले भौगोलिक क्षेत्र विस्तार गरिरहेको र नेपालमा पनि यो संक्रमणको प्रवेशको सम्भावनालाई कुनै पनि अवस्थामा नजर अन्दाज नगर्न सरकारलाई आग्रह गरेको हो ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । त्यसमा सुनुवाई गर्दै सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशबाट सोझै र ट्रान्जिट भएर नेपाल आउने जहाज अवतरणमा रोक लगाउन आदेश दिएको हो ।

पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार दक्षिण कोरियामा (इपिएस) प्रणालीबाट कामदार नपठाउने निर्णय गरेको छ भने अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाइएको छ ।

मध्य पूर्वका देशहरुमा भ्रमण, अध्ययन र रोजगारीमा जान सरकारले रोक लगाएको त छैन । तर तत्कालका लागि रोजगारीका लागि विदेश जाने योजना स्थगित गर्न अपिल गरेको छ ।

प्रतिक्रिया