आफ्नो सिङ्गो जीवन संघर्षमा वितेको प्रधानमन्त्री ओलीको भनाई (भिडियो सहित )
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि भर्खरै अस्पताल भर्ना भएका छन् । ओली सोमबार साँझ ६ बजेर ५ मिनेट जाँदा अस्पताल पुगेका थिए । अस्पताल भर्ना हुनुअघि ओलीले विभिन्न मन्त्रीहरु र सचिवहरुलाई बालुवाटार बोलाएर आवश्यक निर्देशन दिएका थिए ।
यसअघि दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपछि सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
भर्ना हुनु अघि देशबासीका नाममा प्रधानमन्त्री ओलीले सन्देश व्यक्त गदै भनेका छन्, ‘आफ्नो सिङ्गो जीवन विभिन्न संघर्षमा वितेको छ, कहिले निरंकुशताको विरुद्ध संघर्ष त कहिले राष्ट्रिय हित र स्वाभिमानका लागि संघर्ष त कहिले देशलाई स्थायीत्व हुन दिन नचाहनेका विरुद्ध संघर्ष ।
देशभित्रको यो व्याप्त संघर्षसँग जुध्ने क्रममा शरीर भित्र सिर्जित रोगहरुसँग लड्न आफू वाध्य हुनु परेको ओलीले सन्देश मार्फत व्यक्त गरेका छन् । सम्वोधनकै क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संघर्षकै क्रममा १२ वर्ष अघि आफ्नो मृगौलाले काम गर्न छाडेपछि २०६४ सालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरेको र देशमा मृगौला प्रत्यारोपण गर्ने व्यवस्था नभएका कारण विदेश जानु परेको र अहिले आफ्नै देशमा मृगौला प्रत्यारोपण गर्न सकिने भएपछि नेपालमा नै आफ्नो मृगौला प्रत्यारोपण गर्न लागेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रतिक्रिया