आइतबार, असोज २०, २०८१

मध्य तथा पूर्वी पहाडी भेगमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

नेपालखोज २०७६ फागुन २० गते ८:०४
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार आज पनि मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाकाअनुसार स्थानीय वायुका कारण अन्य पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । तराईका भू–भागको मौसम भने सामान्यतय सफा रहने महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
अहिले बिहान पनि देशैभरको मौसम समान्यतया सफा रहेको छ ।  आज राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।
तराईका भू–भागमा मौसम सामान्यतय सफा रहेपनि मध्य तथा पूर्वी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया