होली पर्व : वसन्तपुरमा चीर ठड्याइयो
काठमाडौं । हरेक वर्ष फागु पूर्णीनमाका दिन मनाइने फागु अर्थात होली पर्व सुरु भएको छ । होली सुरु भएको जनाउ दिन ठड्याइने चीर यस वर्ष पनि वसन्तपुरमा ठड्याइएको छ ।
आज मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक वसन्तपुरमा चीर ठड्याइएको छ । वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ ।
वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाइँ गरिएको थियो । साथै सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको थियो । तराईमा पनि होली सुरु भएको छ ।
फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ ।
रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।
प्रतिक्रिया