सिद्धबाबाद्वारा अदालतमा आत्मसमर्पण !
नेपालखोज
२०७६ फागुन २० गते १२:४२
काठमाडौं । अनुयायीमाथि बलात्कारकाे आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा)ले जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका छन् ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । साेही, आदेश अनुसार उनलाई कारागार चलान गर्ने तयारी भइरहेको स्राेतले बताएकाे छ ।
अदालतमा मुद्दाको बहस हुँदै गर्दा उनी भारततिर लागेका थिए । आफ्नाे विपक्षमा फैसला आउने सम्भावना रहेकाेले उनी भारततिर भागेकाे हुन् भनेर जानकारहरू बताउछन् ।
यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।
सम्बन्धित
प्रतिक्रिया