शुक्रबार, असोज ५, २०८०

अर्थमन्त्री खतिवडाले दिए राजिनामा, भोलि पुनः सपथ लिँदै

नेपालखोज २०७६ फागुन २० गते १६:३३

काठमाण्डौ । राष्ट्रिय सभाका सदस्यका हैसियतले वर्तमान सरकारमा अर्थमन्त्री बनेका डा. युवराज खतिवडाले राजीनामा दिएका छन्।

खतिवडाको राजीनामापत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको उच्च श्रोतले जानकारी दिएको छ । उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए।

दुई बर्ष अघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाका सदस्य बनेका खतिवडाको मंगलबार राती कार्यकाल सकिँदैछ । खतिवडाले आज राजिनामा दिएपनि भोलि नयाँ अर्थमन्त्रीका रुपमा सपथग्रहण हुने बताइएको छ । सम्भवतः भोलि दिउँसो राष्ट्रपति कार्यालयमा सपथग्रहण कार्यक्रम हुनेछ ।

राजीनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

संविधानअनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउँछन्। सोही व्यवस्थाअनुसार खतिवडा मन्त्री हुन लागेका हुन्।

प्रतिक्रिया