प्रधानमन्त्री ओलीको भोलि हुने मिर्गाैला प्रत्यारोपणको तयारी यसरी हुँदैछ
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्माको ओलीको भोलि (बुधबार) गरिने मिर्गाैला प्रत्यारोपको तीब्र तयारी भइरहेको अस्पताले बताएको छ । सोमबार अस्पताल भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणका लागि आवश्यक स्वास्थ्य परीक्षण भइरहेको अस्पताले जानकारी दिएको छ ।
बुधबार मिर्गाैला प्रत्यारोपण गरिने भएकाले प्रधानमन्त्री ओलीलाई मंगलबार दिउँसो सम्म सामान्य खाना खुवाउनेछ भने साँझदेखि भने केही नखाइ खाली पेट राखिनेछ ।
चिकित्सा विज्ञानका अनुसार प्रत्यारोपण गर्ने एक दिन अगाडि बेलुका दुवै पेट खाली गर्नुपर्ने भएकाले ओलीलाई आज साँझदेखि खाली पेट राखिनेछ ।
प्रधानमन्त्री ओलीलाई ३२ बर्षीया आफ्नै भान्जी ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिँदैछिन्।
ओली र संग्रौलाको रक्तचाप, नाडी, शरीरको तापक्रम मापन गरिनेछ। रक्तचाप तलमाथि भएमा मुटुसम्बन्धी ईसीजी वा इकोकार्डियो गरिएको छ भने प्रत्यारोपणका लागि ४ घण्टासम्म लाग्न सक्ने चिकित्सकहरुले बताएका छन् ।
प्रत्यारोपणमा प्रधानमन्त्रीका निजी चिकित्सक एवं शिक्षण अस्पतालकी नेफ्रोलोजी विभागकी प्रमुख प्रा.डा. दिव्या सिंह शाहले समन्वय गरिरहेकी छिन् भने शल्यचिकित्सकको भूमिकामा शिक्षण अस्पतालकै युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन.प्रा.डा.उत्तम शर्मा, युरोलोजी विभागका पूर्वविभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा प्रेमराज ज्ञवाली पनि संलग्न हुनेछन् ।
यसैगरी, सल्यक्रियामा नेफ्रोलोजी विभागका डा. महेश सिग्देल, डा.मुकुन्द काफ्ले र डा. पवन चालिसे, डा.सुमन चापागाईं, डा. सुजित पौडेल, डा. महेश प्रधानलगायतका चिकित्सक संलग्न हुने अस्पतालले जनाएको छ।
प्रत्यारोपण सफल भएपछि मिर्गाैला दाता संग्रौला ४ दिनमा र प्रधानमन्त्री ओली भने हप्ता दश दिनसम्म आराम गर्नुपर्ने हुनसक्ने अस्पतालले जानकारी दिएको छ ।
१२ बर्षअगाडि भारतको दिल्लीस्थित अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौैला प्रत्यारोपण गरेका डा.अनन्तकुमारलाई पनि व्याक सपोर्टका लागि प्रत्यारोपणका क्रममा सहभागी गराइनेछ ।
प्रधानमन्त्री ओलीको पहिलोपटक २०६४ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई बुहारी नाता पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन्।
प्रतिक्रिया