बुधबार, वैशाख १९, २०८१

स्मरण शक्ति बढाउन यी खानेकुरा खानु उपयुक्त

नेपालखोज २०७६ फागुन २१ गते ६:२८

स्मरण शक्ति बढाउन यी खानेकुरा खानु उपयुक्तः

१. स्याउ
स्याउ सेवन गर्दा दिमागमा रहेका न्युरोन्सलाई एक प्रकारको अक्सिडेसनबाट बचाउँछ । दिमागमा हुने क्रिकुन तन्तुहरूको मृत्यु न्युरोन्स र अक्सिडाइनको सुजनबाट हुने गर्दछ ।
जसबाट अल्जाइमरजस्ता भयानक रोग लाग्ने गर्दछ । स्याउको नियमित सेवनले अल्जाइमर हुनबाट जोगाउन सक्छ ।

२. जामुन
जामुनमा शरीरलाई आवश्यक एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । जामुन खाँदा दिमागमा आउने खराबीका साथै बिर्सने रोगबाट बचाउँछ ।

३. ओखर
ओखर मुटु र दिमाग दुवैका लागि राम्रो मानिन्छ । यसका साथै सबै ओखरजन्य वस्तु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।
ओखरमा विशेषगरी अल्फा लिनोलेनिक एसिड, जुन ओमेगा फ्याटी एसिडको प्रकार हो, ले दिमागको संज्ञानात्मक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

४. बेसार
हाम्रो शरीरमा रहेका न्यूरोनहरू वयस्क अवस्थामा नष्ट हुँदै जान्छन् र पुनः उत्पादन हुन्छन् । यस्तो प्रकियालाई न्यूरोट्रोफिक कारक अथवा बिडिएनएफ भनिन्छ ।
बेसार यस्तो वस्तु हो, जसले बिडिएनएफको दरलाई बढाउनुका साथै मस्तिष्कमा आउने जोखिमबाट समेत जोगाउँछ ।

५.गोलभेँडा
गोलभेँडा दिमागमा रहेका तन्तुहरूमा आउने समस्याको अचुक औषधि हो । मस्तिष्कले सही रूपमा काम गरिराख्नका लागि तन्तुहरू सक्रिय हुनु आवश्यक हुन्छ ।
गोलभेँडामा पाइने विशेष प्रकारको एन्टिअक्सिडेन्टले मस्तिष्कका लागि बडिगार्डको काम गर्दछ ।

६.ब्रोकाउली
अध्ययनका अनुसार हरियो पात भएका सागसब्जीले मानसिक सन्तुलन बनाइराख्न सहयोग गर्दछ । ब्रोकाउलीमा पाइने भिटामिन ए, के, फुलिट, लुटिन र फाइबरले मस्तिष्कलाई सक्रिय राख्दछन् ।

७.प्याज
प्याज फोलिक एसिड र भिटामिन बीको राम्रो स्रोत मानिन्छ । यसले ब्रेनमा हुने रगतको प्रवाहलाई सक्रिय बनाइराख्न मद्दत गर्दछ । जुन डिप्रेसनसँग जुधिरहेका मानिसका लागि पनि लाभदायी हुन्छ ।

८.साल्मोन माछा
साल्मोन माछा अर्को स्मरण शक्ति बढाउने सबै भन्दा उपयुक्त खाद्य वस्तु हो । साल्मोनमा ओमेगा फ्याटी प्रचुर मात्रामा पाइन्छ । जसले दिमागका नसानसामा छिटो रगत सर्कुलेसन गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया