मोरङमा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु
नेपालखोज
२०७६ फागुन २१ गते ८:५७
मोरङ । विराटनगरमा टिपरको ठक्करबाट मंगलबार राति दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामग्राम–२ बस्ने वर्ष ४० को बाबुराम सरदार र ६ वर्षीय आरही कुमारी सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।
घिनाघाट–विराटचौक सडकखण्ड अन्तर्गत मिलनचोकमा पश्चिमतर्फ आउँदै गरेको को १ क २९१७ नम्बरको टिपरले विपरित दिशातर्फ आउँदै गरेको १–००२ ह ८६०६ नम्बरको ट्याम्पोलाई राति साढे नौ बजे ठक्कर दिएको थियो ।
ट्याम्पो चालक बाबुराम सरदार र आरही कुमारी सरदार हजुरबुबा नातिनी भएको एसपी अधिकारीले बताए । प्रहरीले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ का वर्ष ३२ का हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
प्रतिक्रिया