४ घण्टामा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सफल
नेपालखोज
२०७६ फागुन २१ गते १५:३४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिगौला प्रत्यारोपण सफल भएको छ ।
चार घण्टामा मिर्गौला प्रत्यारोपण सफल भएको हो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको मिर्गौला प्रत्यारोपण सफल भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
त्रिवि शिक्षण अस्पतालका डा अरुण सायमीले प्रधानमन्त्रीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर परिक्षण गर्दा युरिन सपोर्ट गरेको जानकारी दिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया