शुक्रबार, वैशाख ७, २०८१

आइसीसी महिला विश्वकप क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदै

नेपालखोज २०७६ फागुन २२ गते १०:३०

काठमाडौं । आइसीसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटमा विहिबार आज सेमिफाइनलका खेल हुँदैछन् । बिहान पौने १० बजे हुने शुरु भएको पहिलो सेमिफाइनल खेलमा इङ्ल्याण्ड र भारतको महिला टिम आमनेसामने हुँदैछन् ।

भारत ‘समूह ए’ को विजेता टोली हो भने इङ्ल्याण्ड ‘समूह बी’ को उपविजेता हो । भारतको महिला टोली आफ्ना सबै चार खेलमा सतप्रतिशत जित निकाल्दै समूह विजेता बनेको हो । इङ्ल्याण्डले भने तीन खेलमा जित निकाल्दा एउटामा पराजय भोगेको छ ।

यी दुई बीचको खेल अस्ट्रेलियाको सिड्नी स्टेडियममा हुनेछ । त्यस्तै आजै दिउँसो पौने २ बजे अस्ट्रेलिया र दक्षिण अफ्रिकाको महिला टिम मैदान उत्रिँदैछन् ।

अस्ट्रेलिया ‘समूह ए’ को उपविजेता हो भने दक्षिण अफ्रिका ‘समूह बी’ को विजेता हो । दक्षिण अफ्रिकाले आफ्ना चारमध्ये तीन खेलमा जित निकाल्दा एउटामा अंक बाँढ्दै ७ अंक जोडेको छ ।

अस्ट्रेलियाले तीन खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । यी दुई टोलीबीचको खेल पनि सिड्नीमा हुनेछ । महिला विश्वकपको उपाधि भीडन्त भने आगामी आईतबार मेलबर्नमा हुनेछ ।

प्रतिक्रिया