शनिबार, फागुन ३, २०८१

टेकु अस्पताल आइसोलेसन वार्डबाट भागेका विरामी अस्पतालको सम्पर्कमा

नेपालखोज २०७६ फागुन २२ गते १५:५३

काठमाण्डौ । कोरोना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर बुधबार भागेका विरामी अस्पतालको सम्पर्कमा रहेको अस्पतालले जनाएको छ ।

Advertisement

मंगलबार कोरियाबाट फर्किएका ती नेपाली कोरोनाको आशंकामा स्वयं अस्पताल पुगेका थिए । उनीमा मनोवैज्ञानिक समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । ती व्यक्तिलाई मनोवैज्ञानिक परामर्श दिनको लागि अस्पतालमा राखिएको शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले नेपाल खोजलाई जानकारी दिए । हाल उनी परिवारसहित धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पर्कमा आएको र थप परामर्श दिने काम भइरहेको बाँस्तोलाले जानकारी दिए ।

मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।

प्रतिक्रिया