आइतबार, असोज २०, २०८१

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

नेपालखोज २०७६ फागुन २२ गते १६:४१

काठमाण्डौ । मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

विहीबार पत्रकारसँग कुरा गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले भने, ‘प्रधानमन्त्रीको बुधबार प्रत्यारोपित मिर्गौलाले काम गर्न थालेको छ ।’

खड्काले प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक पनि राम्रो रहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया