नौ महिनापछि नेपाल भारत नियमित उडान हुँदै
नेपालखोज
२०७७ मंसिर २६ गते ६:५९

काठमाडौं । नेपाल एयरलाइन्सले आगामी बिहीबारदेखि भारत नियमित उडान गर्ने भएको छ । निगमले दैनिक एक उडान भारतको नयाँ दिल्लीका लागि गर्ने छ । निगम प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार डिसेम्बर १७ मा विहान ११ बजे नयाँ दिल्लीका लागि उडान हुनेछ । निगमले दैनिक एक उडान गर्नेछ ।
यस्तै भातरबाट एयर इन्डियाले पनि डिसेम्बर १७ देखि नै काठमाडौं नियमित उडान गर्ने जनाइएको छ । नौ महिनापछि नेपाल–भारतबीच नियमित हवाई उडान हुने लागेको हो । नेपाल र भारतीय नागरिक मात्रै यात्रा गर्न पाउने गरी दुई देशबीच पुनः हवाई सेवा सुचारु हुन लागेको हो ।
नेपाल सरकारले भारतले सिफारिस गरेको एयर बबल स्किममा नै हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको थियो । नेपाल भारत नियमित उडान गत चैत्रदेखि रोकिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया