भारतीय राजदूत क्वात्रा र नेकपा वरिष्ठ नेता नेपालबिच भेटवार्ता
नेपालखोज
२०७६ फागुन २३ गते ९:५९
काठमाडौं । नवनियुक्त नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
क्वात्राले आज शुक्रबार कोटेश्वरस्थित नेपाल निवासमा गएरै नेपाललाई जन्मदिनको शुभकामना दिएका छन् ।
नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपाल र भारतीय राजदूतबीच दुई देशको आपसी हित र सम्बन्धबारे कुराकानी भएको नेता नेपालको निजी सचिवालय स्रोतले जनाएको छ ।
भेटमा वरिष्ठ नेता नेपालले नवनियुक्त राजदूत क्वात्रालाई कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया