बिहीबार, असोज ४, २०८०

बागमती प्रदेश सरकारद्वारा हात नमिलाउन आग्रह

नेपालखोज २०७६ फागुन २३ गते १०:२३

काठमाडौँ । बागमती प्रदेश सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन हात नमिलाउने आग्रह गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विश्वब्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जानकारी मुलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ ।

नेपालीको परम्परा देखि चलिआएको चलन एवम् हातका कारण कोरोना बढी संक्रमण हुने चिकित्सकको भनाईलाई मध्यनजर गर्दै ‘नो ह्याण्डसेक’ को निति अवलम्बन लिन आग्रह गरेको छ ।

प्रतिक्रिया