शनिबार, वैशाख १५, २०८१

वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै

नेपालखोज २०७६ मंसिर १६ गते ७:०२

१६ मंसिर, काठमाडाैं । राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक-एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकोप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको छ ।

यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् । यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया