आइतबार, माघ २७, २०८१

सुनको मुल्यको नयाँ रेकर्ड, साडे ८२ हजार पुग्यो

नेपालखोज २०७६ फागुन २३ गते ११:०६

काठमाण्डौँ । लगातार उकालो लागिरहेको सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको मुल्य झन् महँगो हुँदै गएको हो ।

Advertisement

सुनको मुल्य आज शुक्रबार तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कोरोना भाइरसका कारण विश्व नै आर्थिक मन्दीतिर गइरहेकाले लगानीकर्ता सुनतिर आकर्षित भएका हुन् ।

यो हप्तामात्रै सुनको मुल्य तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य सोमबार घटबढ भएन ।

मङ्गलबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मुल्य बुधबार भने एकैदिन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको थियो ।
चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया