शुक्रबार, माघ २५, २०८१

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार, अस्पतालको बसाई लम्बिने

नेपालखोज २०७६ फागुन २४ गते ११:०४

काठमडौँ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको चिकित्सकहरूले बताएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा बुधबार ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Advertisement

हाल आइसियूमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको छ ।

धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने तयारीमा उपचारमा संलग्न चिकित्सकहरू रहेका छन् ।

प्रधानमन्त्री ओलीलाई शुक्रबार हिजो आईसीयूमा हिँडडुल गराइएको थियो । भात र मासुको झोल समेत खान दिइएको अस्पतालले जनाएको छ ।

हाल प्रधानमन्त्री अन्य बिरामीभन्दा पृथक् अत्याधुनिक आईसीयूमा भएकाले अस्पताल बसाइ अलि लम्ब्याउँदा अस्पतालजन्य संक्रमणको जोखिम नरहने चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीलाई दुखाइनाशक औषधि बन्द गरिएको छ

प्रतिक्रिया