यूएनमा फौज पठाउने मुलुकहरुमध्ये नेपाल एक स्थान माथि उक्लियो
नेपालखोज
२०७६ फागुन २४ गते ११:२३
काठमाडौँ । संयुक्त राष्ट्र संघ (यूएन) को आह्वानमा विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने मुलुकहरुमध्ये नेपाल एक स्थान माथि उक्लिएको छ ।
यस अघि पाँचौ नम्बरमा रहेको नेपाल सन् २०२० को जनवरीदेखि चौथो नम्बरमा उक्लिएको हो । शान्ति स्थापनामा विश्वका १ सय २२ देशबाट सुरक्षाकर्मीहरुले भाग लिँदै आइरहेका छन् ।
शान्तिमिसनमा सबै भन्दा बढी सैनिक पठाउने मुलुकहरुमा नेपालभन्दा अगाडी इथियोपिया, बंगलादेश र रुवान्डा छन् । नेपालपछि पाँचौ नम्बरमा भारत र छैठौंमा पाकिस्तान छन् ।
हाल यूएनको शान्ति स्थापना कार्यको लागि विभिन्न १२ वटा द्वन्द्वग्रत मुलुकमा तैनाथ भएका नेपाली कन्टिन्जेन्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५ हजार ६ सय ५८ सुरक्षाकर्मीहरु कार्यरत रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया