६ महिनासम्म औषधिको अभाव हुदैन : औषधि उत्पादक संघ
नेपालखोज
२०७६ फागुन २४ गते ११:३५
काठमाडौँ । नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ ।
भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो ।
संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको र त्यसले ६ महिना पुग्ने भएकाले उपभोत्तालाई नआत्तिन आग्रह गरेँ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणले विश्वलाई त्रसित बनाएको छ । भारतले पनि २६ प्रकारका औषधि र कच्चा पदार्थको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा औषधिको अभाव हुन सक्ने भन्दै आँकलन भइरहेको बेला संघले ६ महिनासम्म कुनै अभाव नहुने बताएको हो ।
सम्बन्धित
प्रतिक्रिया