सोमबार, मंसिर १७, २०८१

नेपालमा सक्रिय संक्रमित संख्या १६ हजारमा झर्‍यो

नेपालखोज २०७८ असोज १९ गते १७:०६

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमित संख्या १६ हजारमा झरेको छ । गत चौबीस घण्टामा थप १ हजार ११४ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएसँगै नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार २४८ मा झरेको हो । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या १ लाख ७१ हजार ३३८ पुगेको छ । संक्रमण निको हुने दर नेपालमा ९६ दशमलव ६ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५८२ जनाको पीसीआर परीक्षणमा ७६२ र ४ हजार ४६० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०६ जना गरि कुल ९६८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ९८ हजार ७६६ र एन्टीजेन विधिबाट ९२ हजार ४५८ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। योसँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार १८० पुगेको छ ।

प्रतिक्रिया