सोमबार, फागुन ५, २०८१

ललितपुरमा आज र भोली आठ घण्टा बत्ति जाने

नेपालखोज २०७६ फागुन २४ गते ११:५२

काठमाडौँ । ललितपुरका केही ठाउँमा शनिबार आज र आइतबार भोलि आठ घण्टा बत्ती जाने भएको छ ललितपुरको फर्सीडोल, डुकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेत लगायतका ठाउँमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म बत्ती जाने भएको हो ।

Advertisement

पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकोले विद्युत कटौती गर्न लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै काठमाण्डौको जोरपाटी वितरण केन्द्रको डाँछी फिडरअन्तर्गत दक्षिण ढोका क्षेत्र, ग्रिन हिल सिटी र माकलबारी क्षेत्रतिर पनि आज बत्ती जाने भएको छ ।

सडक विस्तारको काम भैरहेकाले तार सार्न बिहान ९ देखि बेलुकी ५ बजेसम्म विद्युत कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले तोकिएको समयभन्दा अघि नै काम सकिए छिट्टै बत्ती दिने बताएको छ ।

प्रतिक्रिया