आइतबार, वैशाख १६, २०८१

कतार एयरवेजद्वारा यात्रुहरुको सुविधाका लागि टिकटको थप विकल्प

नेपालखोज २०७७ कार्तिक २६ गते १२:३०

काठमाडौं । कतार एयरवेजले आफ्ना यात्रुहरुलाई थप सुविधा एवं विकल्प प्रदान गर्ने क्रममा सम्पूर्ण टिकट श्रेणीमा नयाँ एवं सरल टिकट विकल्पहरु ल्याएको छ । बुधबारबाट कतार एयरवेजले ६ श्रेणीमा टिकटहरु वितरण गर्नेछ ।

विभिन्न प्रकारको टिकट अनुसार यात्रुले विभिन्न सेवा सुविधा प्राप्त गर्नेछन् । जस्तै, इकनमी क्लास टिकट खरिद गर्ने यात्रुले प्रत्येक एक श्रेणी माथिको टिकट खरिदमा थप ५ किलो ब्यागेज आफूसँग लग्न पाउनेछन् ।

इकनमी क्लास कम्फर्ट टिकट खरिद गर्ने यात्रुले थप सुविधा स्वरुप आफूले इच्छाएको सिट छनौट गर्ने पाउनेछन् भने इकनमी कम्फर्ट वा बिजनेस इलाइट टिकट खरिद गर्ने यात्रुले यात्राको मिति असीमित परिवर्तन र बिना कुनै शुल्क टिकट शुल्क फिर्ताको सुविधा पाउनेछन् । त्यसैगरी सबै श्रेणीमा कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरुले थप क्युमाइल्स प्राप्त गर्नेछन् ।

प्रतिक्रिया