सोमबार, माघ २८, २०८१

सर्जिकल सामग्री कालोबजारी गर्ने पक्राउ

नेपालखोज २०७६ फागुन २४ गते ११:५६

काठमाडौँ । सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई हिजो साझँ पक्राउ गरेको हो ।

Advertisement

भारत घर भएका गुप्ताले बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप लगाइएको छ । जनसेवा प्रहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ११० पर्ने सामानलाई ३०० लिएर बेचेको सूचनाका आधारमा गुप्तालाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।

पक्राउ गुप्तासँग प्रहरीले ८ सय १४ थान ह्याण्ड स्यानेटाइजर बरामद गरेको छ जसको बजार मूल्य दुई लाख ५६ हजार ५ सय २० छ । पक्राउ परेकालाई कालोबजारीविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया