शुक्रबार, वैशाख ७, २०८१

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेका लागि आह्वान

नेपालखोज २०७८ साउन २१ गते १६:३१

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जानकारी दिएका छन् ।

शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले मगरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया