गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
नेपालखोज
२०७६ फागुन २४ गते १२:१४
गोरखा । गोरखाको सिरानचोकमा शुक्रबार राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दाङ घर भएका २३ वर्षिया यज्ञबहादुर भण्डारी रहेका छन् ।
गोरखाको जौबारीबाट चनौटे जादै गरेको ग १ त ४६८२ नम्बरको ट्रयाक्टर गएराति सरानचोक गाउँपालिका–८ को धन्सारमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ का सुमन अधिकारी र दाङका सुवास थापामगर घाइते भएका छन् । घाइते दुवै जनालाई थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया