मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
नेपालखोज
२०७६ फागुन २४ गते १३:२४
मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार २२ वर्षीया सविना स्याङ्तान घाइते भएकी छन् । उनी चट्याङ लागेर ज्यान गुमाउने विजयकी श्रीमती हुन् । उनको उपचार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया