सोमबार, वैशाख २४, २०८१

काठमाडौं विश्वविद्यालयलमा शिल्पकलाको पठनपाठन

नेपालखोज २०८० असोज २६ गते १०:३४

काठमाडौं । नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौं विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो ।

बिहीवारदेखि सुरु भएको उक्त शिक्षा नेपालमा पहिलो भएको काठमाडौं विद्यश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डिन प्रा डा मनिष पोखरेलले दाबी गरे ।

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले आफूहरुले केही नयाँ काम नगरेको तर पुर्खा र समुदायले गरेको कलालाई नै केही नयाँपन दिन खोजेका बताए ।

उनले रैथाने कला, परम्परागत कला, ज्ञान र सीपलाई जोडेर अगाडि बढ्ने प्रयास गरेको बताए । उनका अनुसार उक्त कोर्स चार वर्षे रहेको छ । उनका अनुसार बीस विद्यार्थी यसपालि भर्ना भएका छन् ।

प्रतिक्रिया