सोमबार, माघ २८, २०८१

सबै जम्मा भएर होली नखेल्न गृह मन्त्रालयको आग्रह

नेपालखोज २०७६ फागुन २४ गते १५:५९

काठमाडौँ । विगतका वर्षहरु जस्तो यस वर्ष होलीमा सबै एक ठाउँमा जम्मा भएर नखेल्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

Advertisement

गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–९)को सम्भावित जोखिमलाई मध्येनजर गर्दै हर्ष र उल्लासका साथ मनाइने होलीमा लोला पानी फ्याँक्ने, शरीरमा रंग (अबिर) दल्ने कार्य नगर्न र नगराउन आग्रह गरेको छ ।

 

शनिबार आज प्रेस विज्ञप्ती जारी गृहले बढी भीडभाड हुने प्रकृतिको सभा, सम्मेलन, भेला र कार्यक्रमलाई पनि हाललाई स्थगित गरिएको जनाउँदै रंगको पर्व होलीमा विगतको जस्तो भीडभाड र जम्मा हुने, लोला पानी फ्याँक्ने र अबिर दल्ने कार्य नगर्न र नगराउन आग्रह गरेको हो ।

प्रतिक्रिया