सोमबार, माघ २८, २०८१

एकाबिहानै उठेर पानी पिउँदा यस्ता फाइदाहरु हुन्छन्

नेपालखोज २०७६ फागुन २५ गते ६:२५

बिहानै उठेर पानी पिउन सके हामीलाई तन्दुरुस्ती प्राप्त हुन्छ । तपाई बिहानै यति धेरै पानी पिउन सक्नु हुन्न भने दैनिक १ गिलासबाट शुरु गर्नुहोस् र मात्रा बढाउँदै लैजानुस् ।

Advertisement

बिहान उठेर पानी पिउनुका फाइदाहरु

१. बिहानै उठेर पानी पिउँदा शरीरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।

२.बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरीरका माँसपेशीसमेत बलियो हुन्छ ।

३. खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन शुरु गरिहाल्नुस् ।

४.बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

५. बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।

प्रतिक्रिया