बैतडीमा जीप दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते
नेपालखोज
२०७६ फागुन २५ गते ७:३८
बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको (१२५७) नम्बरको जिप आइतबार आज बिहान सवा दुई बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा दुहु गाउँपालिका–२ सवारी चालक धन सिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । घाइते ६ जनाको प्राथमिक स् वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । जीप सडकबाट २०० मिटर तल खसेको छ ।
सम्बन्धित
प्रतिक्रिया