शनिबार, फागुन ३, २०८१

आज देशका धेरै ठाउँको मौसम सफा रहने

नेपालखोज २०७६ फागुन २५ गते ८:१९

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहने छ ।

Advertisement

स्थानीय वायुको प्रभावले पश्चिम र पूर्वका केही पहाडी क्षेत्रमा दिउँसो सामान्य बादल लागेर छिटपुट पानी पर्ने संभावना रहे पनि धेरै जसो ठाउँको मौसम सफा रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

भोली सोमबार पनि पहाडका केही ठाउँमा सामान्य बादल र फाट्टफुट्ट पानी पर्ने संभावना रहेपनि धेरैजसो ठाउँको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया