सोमबार, फागुन ५, २०८१

काठमाण्डौमा आज तरकारीको मुल्य यस्तो छ

नेपालखोज २०७६ फागुन २५ गते ९:०८

काठमाडौँ । आइतबार आज काठमाण्डौमा तरकारीको मुल्य अन्य दिन जस्तै सामान्य रुपमा घटबढ भएको छ । कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा बढि मुल्यमा सेलरी, पार्सल प्रतिकिलो ४५०, लसुन ४०० र पुदिना ३२० मा किनबेच भइरहेको छ ।

Advertisement

त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । यस्तै भेडे खुर्सानी १०० लसुन हरियो १३० हरियो धनिया प्रतिकिलो ६० मा, किनबेच भइरहेको छ ।

त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

त्यस्तै, पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १४० रुपैयाँ, स्कुस प्रतिकिलो ७० रुपैयाँ, पालुगो ४०, मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया