बिहीबार, माघ २४, २०८१

विदेश पठाइदिन्छु भन्दै २ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ

नेपालखोज २०७६ फागुन २५ गते १०:३५

काठमाडौं । म्यानपावर सञ्चालक बाबुराम श्रेष्ठलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

माल्टा पठाइदिन्छु भनेर ३०/४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले २ करोडभन्दा माथि उठाएर फरार भएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले जानकारी दिए ।

काठमाडौंमा रहेको सिटी सेन्टरको मसाज सेन्टरलाई म्यानपावरको रूपमा देखाउँदै ३० देखि ४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले उठाएर भागेको भन्ने उजुरी परेको प्रवक्ता बोगटीले बताए ।

श्रेष्ठलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालिएको डीएसपी बोगटीले जानकारी दिए ।

प्रतिक्रिया