महाधिवेशनको तयारीबारे छलफल गर्दै राप्रपा

नेपालखोज २०७८ असार २३ गते ८:३०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विशेष समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ । साथै समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।

महाधिवेशन उपसमिति गठन र सक्रिय सदस्यता वितरण योजना बनाउने तयारी छ ।

राप्रपाले आगामी कातिक २७ देखि ३० गते सम्म पार्टी महाधिवेशन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया