मसाज सेन्टरलाई म्यानपावर भन्दै कराेडाैँ ठगी गर्ने बाबुराम श्रेष्ठ प्रहरीको खोरमा
नेपालखोज
२०७६ फागुन २५ गते १२:५३
काठमाडाैं । माेटाे रकम ठगीकाे आरोपमा म्यानपावर सञ्चालक बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नेपालगञ्जबाट हिजो (शनिवार) पक्राउ गरी काठमाडौं ल्याइएको छ ।
माल्टा पठाइदिन्छु भनेर ३०/४० जनासँग प्रतिव्यक्ति ६ लाखका दरले उठाएर उनी फरार भएका थिए । ३०/४० जनाकाे जम्मा गरेर २ करोडभन्दा बढी रकम उठाएर फरार भएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) होबिन्द्र बोगटीले बताए ।
काठमाडौंमा रहेको सिटी सेन्टरको मसाज सेन्टरलाई म्यानपावरको रूपमा देखाउँदै श्रेष्ठले ठगी गरेकाे खुलेकाे छ ।
‘पहिलो चरणको उजुरी परेको छ, दोस्रो चरणका उजुरीहरू आइरहेका छन् । कति जना ठगिएका छन् भन्ने अझै एकिन भइसको छैन । सबै उजुरी आएपछि मात्र कति जना ठगिएका हुन् भन्ने पत्ता लाग्छ,’ डीएसपी बोगटीले भने ।
सम्बन्धित
प्रतिक्रिया