आज सोमबार महादेवको दर्शन गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।
आज २६ फाल्गुण २०७६ सोमवार को राशिफल
मेष
आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागीता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ ।
मिथुन
आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । कुविचारमा मन जाना सक्छ । तर बेलुकीपख गरेको कार्यबाट फाइदा लिन सकिनेछ ।
सिंह
चुनौती चिर्दै काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनात्मक कार्यमा संलग्न भाईनेछ ।
तुला
शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सहभागिताको अवसर जुट्नेछ ।
धनु
आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ ।
कुम्भ
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।
बृष
योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । साँझमा पैशा खर्च हुने योगछ ।
कर्कट
आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक तथा राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
कन्या
आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग रमाईलो भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
बृश्चिक
आँटेको र ताकेकोकार्य पुरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।
मकर
भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । अरुको भर पर्दा धोका पाइनेछ ।
मीन
आज मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा मन बरालिनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया