सोमबार, माघ २८, २०८१

बैतडीमा चितुवाको आक्रमणबाट बालिकाको ज्यान गयो

नेपालखोज २०७६ फागुन २७ गते ९:३२

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट फेरि एक बालिकाको ज्यान गएको छ । सुतिरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा आज मंगलबार बैतडीको मेलौली नगरपालिका–९ का पदमराम लुहारकी ८ वर्षीय छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

लुहारलाई चितुवाले लगेको र ५ सय मिटर पर सीताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

चितुवाको आक्रमणबाट मृत्यु भएकी सीता अपांगता भएकी व्यक्ति रहेको बुझिएको छ । चितुवाले आक्रमण गर्दा घर परिवार र अन्य छरछिमेकले होहल्ला गर्दागर्दै चितुवाले सीतालाई सुतिरहेको बेला लगेको हो ।

‘मंगलबार बिहान चार बजेतिर घटना भएको रहेछ’ प्रहरी नायव उपरीक्षक पाण्डेयले भने, ‘अहिले सो ठाउँमा प्रहरी परिचालन गरेका छौं ।’

प्रतिक्रिया