बिहीबार, वैशाख १३, २०८१

आहा ! रारा गोल्डकप : आज आर्मी र संकटा भिड्दै

नेपालखोज २०७६ फागुन २७ गते ९:४५

काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल मंगलबार आज हुँदैछ ।

पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २स्३० बजे सुरु हुनेछ । दुवै टिम जित निकाल्दै अन्तिम चारमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

साविक उपविजेता टिम आर्मी यस पटक भने उपाधि जित्ने लक्ष्यमा रहेको छ । अघिल्लो संस्करणमा आर्मी फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।

आहा रारा गोल्डकपमा आर्मीले १५ संस्करण खेलिसकेको छ । तर, आर्मीले उपाधि जित्न सकेको छैन । आर्मी २०६५, ६६, ७२ र ७५ सालमा उपविजेता बनेको थियो ।

आर्मीले यस प्रतियोगितामा २८ खेल खेल्दा ३९ गोल गरेको छ भने २५ गोल खाएको छ । आर्मीले पाँच टाइब्रेकर खेलमा भने पाँचै खेल हारेको छ । संकटाले भने चार संस्करण खेलेको छ । जसमा ७ खेल खेलेको हो । संकटाले पाँच गोल गर्दा ७ गोल खाएको छ ।

आर्मी र संकटाबीचको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । मनाङ झापा–११ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ ।

सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया