काठमाण्डौमा आज तरकारीको मुल्य सामान्य घटबढ
काठमाडौँ । काठमाण्डौमा आज मंगलबार तरकारीको मुल्यमा धेरै जसो घटबढ भएको छ ।
कालिमाटी तरकारी बजारका अनुसार आज सबै भन्दा बढि मुल्यमा सेलरी, पार्सल प्रतिकिलो ४५०, सु्केको खुर्सानी ४००, च्याउ डल्ले ३५० र गुन्दु«क ३३० र पुदिना ३२० मा किनबेच भइरहेको छ ।
त्यस्तै कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । यस्तै भेडे खुर्सानी १३० लसुन हरियो १५० हरियो धनिया प्रतिकिलो ६० मा किनबेच भइरहेको छ ।
त्यसैगरी क्रमश, सानो गोलभेडा अधिकतम खुद्रा मूल्य प्रतिकिलो ६० रुपैयाँ, रातो आलु प्रतिकिलो ५० रुपैयाँ, भारतीय सुकेको प्याज प्रतिकिलो १०० रुपैयाँ, लोकल गाजर प्रतिकिलो ५० रुपैयाँ र लोकल बन्दा प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।
त्यस्तै, पाकेको फर्सी प्रतिकिलो ७० रुपैयाँ, भिण्डी प्रतिकिलो १३० रुपैयाँ, स्कुस प्रतिकिलो ६० रुपैयाँ, पालुगो ४०, मेथी र चम्सुरको साग प्रतिकिलो ४० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया