बिहीबार, चैत १५, २०८०

प्राइम लाइफ इन्सुरेन्सले ग¥यो बोनस सेयर घोषणा

नेपालखोज २०७६ फागुन २७ गते १४:०६

काठमाडौँ । प्राइम लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बोनस सेयरमा लाग्ने कर तिर्न कम्पनीले १ करोड ३२ लाख १० हजार १२८ रुपैयाँ नगद लाभांश पनि प्रस्ताव गरेको छ । प्राइमले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजीबाट २५ करोड ९ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि प्राइमको चुक्ता पुँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुग्नेछ । प्राइमले आर्थिक वर्ष २०७३/०७४ मा १२/५ प्रतिशत नै बोनस सेयर र कर तिर्न नगद लाभांश पनि दिएको थियो ।

प्रतिक्रिया