नेपाल एयरलाइन्सको कतार उडान बन्द
काठमाडौँ । नेपाली एयर कम्पनी हिमालय एयरलाइन्सले कतार उडान रोकेको केहि दिन पछि नेपाल एयरलाइन्सले पनि कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ ।
यससँगै नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान रद्द गरेको हो । नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सकी प्रवक्त अर्चना खड्काले जानकारी दिइन् ।
उनका अनुसार २६ फागुन २०७६ र भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ ।
टिकटको उडानको मिति २ पटक सम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल एयरलाइन्सले दोहामा दैनिक एक उडान गरिरहेको थियो ।
प्रतिक्रिया