सोमबार, मंसिर २४, २०८१

अस्ट्रेलियामा एकै दिन २० जनालाई कोरोना संक्रमण

नेपालखोज २०७६ फागुन २७ गते १६:१५

काठमाडौँ । अस्ट्रेलियामा मंगलबार एकै दिन २० नयाँ कोरोनाभाइरस संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १०० पुगेको छ । स्वास्थ विभागले एक वक्तव्य जारी गरेर यसको सूचना दिएको हो ।

पहिचान भएका संक्रमितमध्ये २२ जना उपचार भएर निको भएका छन् भने तीनको मृत्यु भएको छ । अष्ट्रेलियाको कुल संक्रमणमा दश संक्रमित र एक मृत्यु भने डाइमण्ड प्रिन्सेससँग सम्बन्धित छन् । – एजेन्सी

प्रतिक्रिया